कोरिया जान ७०० श्रमिकले मात्र दिए आवेदन

लोकपथ
143
Shares

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।
एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?