दार्चुलाको व्यास गाउँपालिकामा हिम पहिरो, ८ जना बेपत्ता भएको आशंका

लोकपथ
63
Shares

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकामा हिम पहिरो गएको छ । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा मंगलबार दिउँसो २:४५ मा गएको हिमपहिरोमा यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशंका गरिएको छ ।

मानिसहरु हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी कार्य शुरु गरेको छ । हिम पहिरोमा परेर ८ जना बेपत्ता भएको अनुमान गरिएकाे छ ।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरु, दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली सो स्थानतर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?