यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो राखेर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

भट्टराईसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?