आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब राजश्व उठ्यो

लोकपथ
0
Shares

पेट्रोलियम पदार्थबाट ७४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षको (साउन–फागुुन) आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख ३४ हजार ७१५ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा एक खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार रुपियाँ बराबरको १८ लाख २१ हजार ५८६ किलोलिटर इन्धन आयात गरेर राजस्व सङ्कलन भएको हो । इन्धन आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?