विद्युतीय सवारीको आयात र प्रयोग बढाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

लोकपथ
65
Shares
/fli6«o jfl0fHo a}+ssf] jflif{sf]T;j sfo{qmd sf7df8f}F, !) df3 M pkk|wfgdGqL tyf cy{dGqL lji0f’k|;fb kf}8]n dªunaf/ /fli6«o jfl0fHo a}+ssf] %*cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताएका छन् । शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् ।

उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए । उनले लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडा अटो मोबाइल्स एशोसिएशनले गर्दै आएको मागमा सरकार गम्भीर रहेको भन्दै आवश्यकता अनुसार परिवर्तन हुँदै जाने बताए ।

उनले अटोमोबाइल्समा विलासिताका सवारी साधन भएपनि अटोमोबाइल्स विलासिताको वस्तुको रुपमा परिभाषा गर्नु हुँदैन भन्ने विषयमा कुनै दुविधा हुन नसक्ने बताए । अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले विद्युतमा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन नेपालको आवश्यक रहेको बताए । उनले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा विद्युतीय थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको उल्लेख गरे ।

उनले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । उनले नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला रहेको उल्लेख गरे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भइरहेपनि केही सूचक जोखिममा रहेकाले राज्यका बाध्यात्मक अवस्थाबारे निजी क्षेत्रले बुझ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ । अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर, अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो ।

आवश्यकता र विलासिताको सम्बन्धमा मानकहरु परिवर्तन हुँदै जान्छन् । विगतको एक समयमा मोबाइल फोनको प्रयोग पनि विलासिताको वस्तु मानिन्थ्यो । तर अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको छ ।’ उनले विद्युतीय सवारी साधनको आवश्यकता प्रतिदिन बढ्दै गएको बताए ।

‘नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौति रहेको छ । विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्छ, उनले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?