डिल्लीराम खनालविरुद्ध करिस्माले दिइन् उजुरी

लोकपथ
35
Shares

काठमाडौं । कलाकार एवं नेकपा एमाले नेतृ करिस्मा मानन्धरले आफूविरुद्ध अफवाह फैलाएको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

आफूले धेरै सहेको तर अति भएपछि मंगलबार उजुरी दिएको मानन्धरले बताएकी छिन् ।

खनालले एक युट्युब अन्तर्वार्तामा मानन्धर अमेरिकामा रहँदा लिभिङ टुगेदरमा बसेको बताएका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडियो समेत सार्वजनिक गर्दै साइबर ब्यूरोमा उजुरी दिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?