काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् ।
अमेरिकी विदेशमन्त्री माइकल आरपोम्पियोको निमन्त्रणामा मन्त्री ज्ञवाली अमेरिका जान लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पियोबीच भेटवार्ता हुने भएको छ । उनले पुस ३ गते (मंगलबार) पोम्पियोसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालयका उच्च अधिकारी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्नेछन् ।
यस्तै, पुस ३ गते अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिव एलाइस जी वेल्ससँग परराष्ट्र सचिव शंकरदास वैरागीले परामर्श बैठक गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवाली शुक्रबार स्वदेश फर्कने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया