मन्त्रालयका मन्त्री र सचिवको र्‍याङकिङ, यस्तो छ आधार

काठमाडौं–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ वटा मन्त्रालयका मन्त्री र सचिवको कार्यप्रगतिबारे र्‍याङकिङ थालेको छ ।

चालू आर्थिक वर्ष २०७५–०७६ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थालाई प्रमुख आधार बनाई प्रधानमन्त्री कार्यालयले मन्त्री र सचिवको मार्किङ सुरु गरेको हो ।

मार्किङ गर्दा कामको सफलताको आधारमा एउटादेखि पाँचवटा तारा दिइने गरी तयारी गरिएको आजको राजधानी दैनिकमा  खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?