१५ चैत्र २०७९, बुधबार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

२०७९,माघ,१७,मंगलवार ११:१५

18
Shares

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताए ।

विगत २३ वर्षदेखि बाँसको काम गर्दै आएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आएका छन् । उनले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

तर, बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ । ‘काम गर्ने जनशक्ति नभएर मागेको जति पु¥याउनै सकिएको छैन’, उनले भने, ‘बाँसको काम अलि गाह्रो भएर होला सबै विदेश गएर मान्छे पाइँदैन ।’ स्थानीय तहहरूले बेदबाँस सामग्री उत्पादनका लागि दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ ।

विसं २०७८ मा रु एक लाखको लागतमा स्थापन भएको राईको उद्योगले दैनिक तीन जनालाई रोजगारी दिएर रु ३० देखि पाँच हजारसम्मका पाँच सय प्रकारका बाँसका सामग्री उत्पादन गर्दै आएको छ । मासिक रु ६० हजारसम्मको कारोबार गरेर रु ४० हजारसम्म कमाइ गर्न राईले यही पेसाबाट कमाएर मोरङको विराटचोकमा १० धुर जमिनसमेत जोडेको जानकारी दिए ।

त्यस्तै सहिदभूमि गाउँपालिका घर भई हाल धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योगका सञ्चालक चन्द्रप्रकाश राईले पनि कामदार अभावमा बजार माग पूरा गर्न नसकिरहेको जानकारी दिए । बजारमा दैनिक दुई हजार पाँच सय थानाभन्दा बढी माग भए पनि उद्योगले दैनिक आठ सयदेखि एक हजार थानसम्म बाँसको चोयाबाट बनेका सामग्री उत्पादन गरेर दिइरहेको उनले जानकारी दिए ।

‘सामान बनाउन सके बजारमा जति पनि बिक्छ, तर के गर्नु काम गर्ने मान्छे पाइँदैन’, उनले भने । विसं २०६८ मा रु २० हजार लगानीमा उद्योग स्थापना गरेका ४० वर्षीय राईले हाल काडमाडौं, भारत र जापान, सिङ्गापुर, अष्ट्रेलिया सामग्री पठाउने गरेको जनकारी दिए । दैनिक पाँच जनालाई रोजगार दिइरहेका राईले मासिक रु सात लाखसम्मको कारोबार गरी रु एक लाख ५० हजारसम्म कमाइ गरिरहेको जानकारी दिए ।

उनले बाँसको सामग्री बनाएर बेचेको कमाइबाट मोरङको बेलबारीमा रु ३५ लाख बराबरको घडेरीसमेत जोडेको सुनाए । सबैले उद्योग सञ्चालन गर्न नसक्ने र ज्यालामा काम गर्दा जीवनयापन नहुँदा बाँसका सामग्री बनाउने कामदार अभाव भएको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

आफ्नो कार्यालयले बाँसका काम गर्नेलाई पर्याप्त मात्रामा तालिम दिँदै आएको भए पनि वैदेशिक रोजगारीको आकर्षणका कारण यस क्षेत्रमा काम गर्नेको अभाव भएको उनकोे भनाइ छ । जिल्लामा हाल १७ बाँससम्बन्धी उद्योग रहेको विकास समितिको तथ्यांक छ ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार ११:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२