बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुर । इँटाभट्टामा काम गर्ने एक वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाकाे सुर्यविनायक नगरपालिका-९ नंखेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने ६० वर्षीया वृद्धालाई मंसिर २५ गते बलात्कार गरेको उजुरीको आधारमा सोही इँटाभट्टामा कार्यरत बाग्लुङको धारापानी गाउँपालिका-३ का ३६ वर्षीय अमरबहादुर  बिक पक्राउ परेका हुन् ।

बिकलाई जबरजस्ती करणी मुद्दामा अदालतमा पेश गरी अनुसन्धान कार्य अगाडि बढाइएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?