राष्ट्रपति कार्यालय अगाडि फोटो खिच्दा पक्राउ

काठमाडौँ – प्रहरीले राष्ट्रपति कार्यालय अगाडि समाचार संकलन गरिरहेकी देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई पक्राउ गरेको छ ।

सरकारले राष्ट्रपतिका लागि महँगो गाडी खरिद गर्न प्रक्रिया अघि बढाएको विरोधमा युवा समूहले गरेको प्रदर्शनको फोटो खिच्ने क्रममा शाहलाई पक्राउ गरिएको हो । उनका साथमा प्रेस पाससमेत थियो ।

युवा समूहले राष्ट्रपतिका लागि गाडी खरिद गर्न सर्वसाधारणसँग एक/एक रुपैयाँ उठाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो । निषेधित क्षेत्रमा कार्यक्रम गरेका कारण नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । शाहलाई साँझ नै छाडिएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?