काठमाडौं–नेपाली कांग्रेसको ७० वर्षभन्दा लामो इतिहासमा भएका महासमिति बैठक र सम्मेलनहरूले मुलुकमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने गरेको पाइएको छ ।
महासमिति र सम्मेलनबाटै कांग्रेसले राणा शासनको अन्त्य गर्नेदेखि तानाशाही राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र स्थापना गर्नेसम्म उद्घोष गरेको थियो र इतिहास पल्टाउँदा ती उद्घोष यथार्थ भएका थिए ।
यही मङ्सिर २९ देखि काठमाडौंमा हुने कांग्रेस महासमिति बैठकले पनि यस्तै दूरगामी निर्णय गर्दै राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउने विश्वास अधिकांश कांग्रेसजनको देखिन्छ ।
कांग्रेसको २००७ असोज १० र ११ गते भारतको वैरगिनियाँमा भएको ऐतिहासिक सम्मेलनले अहिंसात्मक आन्दोलनको रणनीतिलाई बदल्दै ‘कांग्रेस यो सम्मेलन छिट्टै हतियारबन्द क्रान्ति गर्ने निर्णय गर्दछ’ भनी राणाशाहीविरुद्ध सशस्त्र क्रान्तिमा जाने निर्णय गरेको थियो ।
सोही सम्मेलनले पार्टीको अध्यक्षमा मातृकाप्रसाद कोइरालालाई सर्वसम्मत निर्वाचित गर्नुका साथै सशस्त्र क्रान्ति सञ्चालन गर्ने असीमित अधिकार सभापतिलाई नै प्रदान ग¥यो ।
त्यही निर्णयको जगमा क्रान्ति सुरुवात भयो र २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षे राणा शासनको अन्त्य हुनुका साथै देशमा प्रजातन्त्र स्थापना भएको इतिहासकार एवं नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार २००९ साल भदौमा काठमाडौंमा भएको अर्को राजनीतिक सम्मेलनले आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदबाट हटाउने अप्रिय निर्णय गर्न पुग्यो । एकसय चार वर्षको राणा शासनपछि पनि अन्तरिम सरकारमा प्रधानमन्त्रीमै निरन्तरता पाएका मोहन शम्शेरलाई विस्तापित गर्दै कोइराला नेपालको पहिलो नागरिक प्रधानमन्त्री बनेका थिए तर पार्टीले उनलाई हटाउने निर्णय गर्यो । कांग्रेस पार्टीका सम्मेलन तथा महासमिति बैठकबाट हुने निर्णयहरूले देश तथा कांग्रेस पार्टीको जीवनमा समेत उथलपुथल ल्याउने गरेको अनुभव बस्नेतले सुनाए । आजको गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
महासमिति बैठक तथा सम्मेलनहरू
वैरगिनियाँ सम्मेलन, भारत (२००७, असोज)
विशालनगर, काठमाडौँ (२००९ भदौ)
नेपालगञ्ज, बाँके (पुस, २०१०)
वीरगञ्ज, पर्सा (२०१४)
पटना, भारत (२०३४, असोज)
चाक्सीबारी(काठमाडौँ) सम्मेलन (२०४६ माघ ५–७)
नारायणगढ, चितवन (२०४९ माघ)
पोखरा, कास्की (२०५१ फागुन)
नेपालगञ्ज, बांके (२०५४ कात्तिक)
बीपीनगर, ललितपुर (२०६४ असोज)
कमलादी, काठमाडौं (२०६६ कात्तिक)
सिंहदरबार अगाडि, काठमाडौं (२०७५ मङ्सिर २८देखि पुस ३ सम्म)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया