१६ चैत्र २०७९, बिहीवार

काठमाडौं महानगरले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख

२०७९,माघ,१२,बिहीवार २२:५६

45
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल खड्गी सेवा समिति अन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समिति अन्तर्गत ४७ गुठी तथा खललाई रु एक लाखका दरले रकम उपलब्ध गराइएको हो ।

आज रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् ।

त्यसैगरी पंचकुमारी सिं गुठी, मैतीअजिमानायः खिं बाजं खल, पचली भैरव तःधं गुठी, पचली भैरव सेवा गुठी, पचली भैरव नायोपाचो तधं गुठी, ईन्द्रायणी तःधं गुठी, ईन्द्रायणी शान्ती गुठी, ईन्द्रायणी सेवा गुठी, ईन्द्रायणी आजाःअजु सना गुठी, भद्रकाली छ्वास गुठी, बालाच¥हे सेवा गुठी खलः, पचली भैरव चिधं गुठी क्वःने, बागबजार नेवाबाजं खलः, भद्रकाली धर्म गुठी, ईन्द्रायणी गुठी, अजिमा सेवागुठी, ईन्द्रायणी गुठी समाज, नरसिंह माइला गुठी, बैकुण्ठ गुठी, भुरुङ् खेल मेहर सिं गुठी, चल्खु अजिमा गुठी, गुहेश्वरी द्यः पालाः खड्गी समूह, पञ्चकुमारी खड्गी सेवा गुठी, बलराम गुठी, शान्त गुठी, ईन्द्रायणी सना गुठी द्यः बु रहेको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौंको सांस्कृतिक पहिचान नै धरापमा पर्नसक्ने भन्दै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न अहिले नै लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेवा जातीय महासंघका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउन थाल्ने जस्ता विकृतिप्रति चनाखो हुनुपर्ने बताए ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार २२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६
मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
 २०७९,चैत्र,१६,बिहीवार १२:४२