१६ चैत्र २०७९, बिहीवार

मकैको बीउ उत्पादनसँगै निर्यात

२०७९,माघ,१२,बिहीवार २२:०६

27
Shares

दिपायल । दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ उत्पादन भई रु एक करोड एक लाख बराबरको निर्यात भएको प्रमुख पनेरुले बताए ।

जोरायल गाउँपालिका–४ की नर्मीदेवी थापामगरले १० रोपनीमा अरुण–२ र रामपुर कम्पोजिट जातको १ Þ३ मेट्रिक टन मकैको बीउ उत्पादन गरी करिब रु ९५ हजार दुई सय ५६ बराबरको आम्दानी भएको बताए ।

उनले भने, ‘कृषि ज्ञान केन्द्रले मकैको बीउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउने गरेको छ ।’ किसानले यान्त्रिक हलो, त्रिपाल, बोरालगायत कृषि औजार र उपकरण पनि अनुदानमा पाउँछन् । आउँदा वर्षमा बीज वृद्धि कार्यक्रम थप विस्तार गर्ने योजनामा रहेको थापामगरले भने ।

जोरारायल गाउँपालिका–४ मा रहेको श्री लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत पालिकामा नौ सय किसानले उत्पादन गरेको ७० टन मकैको बीउ खरिद गरी रु ६२ लाख बराबरको बीउ जिल्ला बाहिर निकासी भएको सहकारीका व्यवस्थापक ठक्कर कठायतले बताए ।

जोरायल गाउँपालिका–१ गैरामा रहेको जैविक विविधता संरक्षण सहकारी संस्थाले पनि स्थानीय दुई सय ८० किसानले उत्पादन गरेको उन्नत जातको ३९ टन मकैको बीउ रु ४५ लाखमा जिल्ला बाहिर निकासी भएको संस्थाका व्यवस्थापक गणेश बिष्टले बताए ।

उनले भने जिल्लामा उत्पादन भएको मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट उन्नत जातको मकैको बीउ जिल्लाका विभिन्न सहकारीमार्फत धनगढी, चितवन, काठमाडौंगायत स्थानमा जाने गरेको बताए । किसानले उत्पादन गरेको मकैको बीउ स्थानीय तहमा रहेका कृषि शाखा र विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रमा पनि जाने गरेको विष्टले बताए ।

बडी केदार गाउँपालिका र जोरायल गाउँपालिकालाई मकै उत्पादनको पकेट क्षेत्रकारूपमा राखिएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,माघ,१२,बिहीवार २२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

राष्ट्रियसभाको बैठकमा ४ प्रतिवेदन पेस
 २०७९,चैत्र,१६,बिहीवार १४:४५