१३ मङ्सिर २०८०, बुधबार

यस्तो छ प्राधिकरणको पछिल्लो ९ महिनाको पुनर्निर्माण प्रगति विवरण

२०७४,कार्तिक,५,आईतवार १०:३५

0
Shares

कार्तिक ५ पछिल्लो नौ महिनामा निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या १ लाख ८० हजार बढीले बृद्धि भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लोे ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन् । गत पौष मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११हजार ८ सय ७१ थियो । प्राधिकरणको निर्देशक समितिको वैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्या पछिल्लो समय उल्लेख्य बृद्धि भएको हो । प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सवै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सवै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । साथै विभिन्न निकायबाट प्राप्त भएका करिब २ लाख ५ हजार बढी गुनासोलाई पछ्यौट गरि ४० हजार ९ सय ६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान बितरणसम्बन्धी बिगतका अव्यवहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको बिश्लेषण छ । यस्तै मापदण्ड अनुसार नबनेका घरहरुलाई मापदण्ड पु¥याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरि प्राविधिकहरुलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकोले पनि थप अनुदानबाट बञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन् । हालै मात्र प्राधिकरणको प्रस्ताव बमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रुपैया निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने : “समग्र पुनर्निर्माणको अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनर्निर्माणले गति लिएको तथ्याङ्कले नै पुष्टी गर्छ । ” पोरखेलले भने : “इन्डोनेशियामा पुनर्निर्माण शुरु भएदेखी स्थायी संरचनामा निर्माण सम्पन्न हुन ८ बर्ष र पाकिस्तानमा ५ बर्ष लागेको थियो, भारतको गुजारतसँग तुलना गर्दा हाम्रोमा पनि केही ढिलाई भएकै हो, तर स्रोत साधनको उपलव्धता र सरोकारवाला निकायबीच समन्वय भए तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुन्छ । ” प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ । चाडपर्वका कारण इन्जिनियरहरु फिल्डमा नभएको र कतिपय ठाँउमा प्राविधिक जनशक्ति अपुग भएकाले एमअाइएस प्रणालीमा तथ्याङ्कहरु समावेश हुन नसकेको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले बताए । बनिसकेका र बन्दै गरेका घरको तथ्याङ्क एमअाइएस प्रणालीमा अद्यावधिक शुरु भए यो संख्या थप बढ्नेछ आचार्यले भन्नुभयो, पौष मसान्तसम्म ३ लाख ५० हजारसम्म पुग्ने हाम्रो अनुमान छ । पुनर्निर्माणको समग्र क्षेत्र मध्ये शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगती ९ महिना अघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा हाल यो संख्या २४ सय ५६ पुगेको छ । शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्था मध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताए । यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पुर्वाधार लगायतको क्षेत्रले पनि पछिल्लो ९ महिनामा गति लिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार १०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८