५६ ब्यन्जन खुवाएर जन्तीको बिदाइ

अयोध्याबाट आएका जन्तीलाई ५६ ब्यन्जन खुवाएर जनकपुरधामबाट बिदाइ गरिएको छ । 

पाँच दिनसम्म चलेको विवाहमहोत्सवमा अयोध्यादेखि जन्तीका रुपमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितका भारतीय नागरिक र साधुसन्त जन्ती बनेर जनकपुरधाम आएका थिए । 

जन्तीहरुलाई जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा नै ५६ परिकार खुवाएर बिदाइ गरिएको हो । उनीहरुलाई दक्षिणा र कम्बल दिँदै बिदाई रीएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?