काठमाडौं । देशका पश्चिम र उच्च हिमाली भूभागमा विहिबार मौसम बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र उच्च हिमाली भूभागमा आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिम तराईका क्षेत्रमा आंशिक बदली रहने भएपनि पूर्वी र मध्य तराईमा भने मौसम समान्यतय मौसमविद् मञ्जु वासी जानकारी दिइन् । मध्यान्नसम्म काठमाडौँमा घाम लाग्ने भएपनि अपरान्हपछि भने मौसममा आंशिक बदली हुने सम्भावना रहेको उनले बताइन् ।
उनका अनुसार बिहिबार काठमाडौँको अधिकतम तापक्रम १८देखि २० डिग्री सेल्सियसकोबीचमा रहने सम्भावना छ । बुधबार अधिकतम तापक्रम १९.२ डिग्री मापन भएको थियो ।
साथै काठमाडौँ उपत्यकामा बिहिबार न्यूनतम तापक्रम केही बढेको छ । मंगलबार ३.८ डिग्री मापन भएको न्यूनतम तापक्रम बिहिबार ५ डिग्री मापन गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया