झापा–भारत राघोपुर देवानगञ्ज २ बाट अपहरित भारत बिहार राज्य सुपोल जिल्ला किसनपुर थाना चोहट्टा पञ्चायत ठाढीधता २ मौजाहा पोष्ट बस्ने मोहमद सद्दामको छोरा ७ वर्षीय महफुज आलमलाई नेपाल प्रहरीले सकुसल उद्धार गरी अपहरणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा गौरीगञ्जो गाउँपालिका वडा ६ खजुरगाछी बस्ने ४७ वर्षीय बद्री यादव, गौरीगञ्जह गाउँपालिका ४ कदमगाछी बस्ने ३१ वर्षीय बिटु भन्ने श्रीप्रसाद मुखिया र सोही गाउँपालिका ४ बस्ने २७ वर्षीया अञ्जुदेवी मुखिया रहेका छन् ।
उक्त ठाउँस्थित मामाघरमा वसिरहेको अवस्थामा मङ्सिर २० गते २ जना पुरूषले अपहरण गरी नेपालको झापातर्फ लगी बालकका बुवासँग १५ लाख भारतीय रूपैयाँ फिरौती मागेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालयहरू दमक र गौरिगञ्जी झापाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा झापा दमक नगरपालिका ५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाई राखेको अवस्थामा बालकलाई फेला पारी उद्धार गर्नुका साथै अभियुक्तहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया