काठमाडौं । तपाईंले सायद याद गर्नुभएको छ कि तपाईंको कुकुरले विभिन्न परिस्थितिहरूमा आफ्नो जिब्रो बाहिर निकाल्ने गर्दछ । आराम गर्दाको बेलामा होस या अरु सामान्य बेलामा कुकुरले आफ्नो जिब्रो बाहिर निकालेर लामो लामो सास फेर्ने गर्छ ।
मुख्य तय कुकुरले आफ्नो जिब्रो बाहिर निकालेर केहि चाहिएको भनेर बताउन प्रयास गरिरहेको हुन्छ । यद्यपी सधैयो कुरा लागु भने हुँदैन ।
कुकुरले किन आफ्नो जिब्रो बाहिर निकालेर लामो सास फर्छ ?
तातो वातावरण
यदि तपाईंको कुकुरको जिब्रो बाहिर निस्किएको छ र भारी सास फेरिरहेको छ भने, यो प्यान्टिङ हो र धेरै सामान्य कुरा हो । प्यान्टिङ एक प्राकृतिक प्रक्रिया हो जसले कुकुरहरूलाई तातो तापक्रममा चिसो राख्छ ।यो मानिसको शरिरबाट निस्कने पसिना जस्तै हो ।
यदि तपाईंको कुकुर धेरै हँसिलो छ र तातो वातावरणमा छ (जस्तै प्रत्यक्ष घाममा वा धेरै तातो कोठामा) भने उसलाई छायाँमा लैजानुहोस् । यसले कुकुरको हाइड्रेशन स्तरहरू सन्तुलनमा राख्न मद्दत गर्छ ।
उत्तेजना वा तनाव
उत्तेजना वा तनाव पनि प्यान्टिङसँग सम्बन्धित कुरा हो । यदि तपाईंको कुकुरको जिब्रो बाहिर छ र भारी सास फेरिरहेको छ, तर उसको लागि तातो हुनुको कुनै कारण छैन भने सम्झनुहोस् तपाईंको कुकुर उत्साहित वा नर्भस छ।
यदि तपाईंको कुकुर अर्को जनावरको वरिपरि रहेको छ भने पनि कुकुरले या त डरले वा उत्साहित भएको बेलामा कुकुरले जिब्रो बाहिर निकालेर लामो लामे सास फर्ने गर्छन् ।
आराम
कतिपय कुकुरले प्रायः जब उनीहरू सुतिरहेका हुन्छन् वा धेरै आराम गरिरहेका हुन्छन्, तब आफ्नो जिब्रो बाहिर निकाल्छन् । यदि तपाईंको कुकुरले उसलाई अँगालो हाल्दा वा उसलाई मायाले सुम्सुम्याउदा उसको जिब्रो बाहिर निकाल्छ भने तपाईंको कुकुरले अविश्वसनीय रूपमा आराम र सहज महसुस गरिरहेको छ । यो राम्रो संकेत हो।
औषधि
यदि तपाईंले भर्खरै आफ्नो कुकुरलाई नयाँ औषधि खुवाउन सुरु गर्नुभएको छ र उसको जिब्रो सधैं बाहिर निस्कने गर्छ भने यो औषधिको साइड इफेक्ट हुन सक्छ। यस बारे आफ्नो पशु चिकित्सकसँग कुरा गर्नुहोस् ।