रुकुम पश्चिमको गाउँपालिका अध्यक्षमाथि कुटपिट

रुकुम पश्चिम ।  मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । 

सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

अध्यक्षमाथि कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?