काठमाडौं । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका छन् ।
जसको लागि मुख्यमन्त्री रावलले शासकीय सुधार गर्न कार्यदल गठन गरेका छन् ।
उनले मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा शासकीय सुधार योजना कार्यदल गठन गरेका हुन् ।
सबै मन्त्रालयका सचिवहरु सदस्य रहेको कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तयार पार्न समेत मुख्यमन्त्री रावलले निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया