को हुन् २७ वर्षमै सांसद बनेकी सोविता?

लोकपथ
728
Shares

काठमाडौं । २७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन् । काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो । उनले एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन् ।

गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाल ११ हजार ५५५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन् । यस्तै, माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन् । सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् ।

नेपाल टेलिभिजनमा काम गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । २०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?