नवलपरासीमा बस दुर्घटना : घाइते १६ मध्ये ४ अवस्था गम्भीर

नवलपरासी । दाङबाट काठमाडौंको लागि छुटेको बस नवलपरासीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

बिहीवार बिहान ३ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा ना ६ ख ६३०१ नं.को अनियन्त्रित भइ दुर्घटना भएको हो । 

घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएका दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?