‘गुट’ गत किचलोले छाडेन कांग्रेसलाई, विधानमा पनि देखियाे असर

काठमाडौं।  संविधानले व्यवस्था गरेको मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो बढेको छ ।

विधान समितिलाई विधानको खाका तयार गर्ने अधिकार भए पनि विधान बनाउने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको हो ।

हाल कांग्रेसभित्र विधानमा सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धति, संसदीय (बोर्ड) समितिको चयन प्रक्रिया, सदस्यता वितरण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा मूल विवाद रहँदै आएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?