गगन थापा : बाल कांग्रेसदेखि प्रधानमन्त्रीको दाबेदारसम्म

लोकपथ
208
Shares
sf7df8f}F, ^ dªl;/M sf7df8f}F If]q g+ $ af6 yfkf ljhoL sf7df8f}F If]q g+ $ af6 k|ltlglw;ef ;b:o kbdf ljhoL x’g’ePsf g]kfnL sf+u|];sf dxfdGqL uugs’df/ yfkf . tl:a/M /f]zg ;fksf]6f÷ /f;;

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

थापाले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।

भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । त्यसअघि २०७४ सालमा पनि थापाले वाम गठबन्धनबाट उम्मेदवार रहेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यसबखत ३२ सय मतान्तरले विजयी भएका थापा यस पटक थप मतान्तरसहित विजयी भएका हुन् । २०७० सालमा भने उनले यही क्षेत्रबाट एमालेकै निर्मल कुईंकेललाई हराएका थिए ।

प्रतिनिधि सभामा लगातार तेस्रो जित निकाल्दै ह्याट्रिक गरेका थापाको यसै क्षेत्रबाट भने चौथो जित हो । २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यक्षततर्फ निर्वाचित हुनुअघि २०६४ मा भने थापा समानुपातिक तर्फबाट निर्वाचित भई संविधानसभा सदस्य बनेका थिए ।

२०७३ सालमा स्वास्थ्य मन्त्री बनेका थापाले उक्त जिम्मेवारी सम्हाल्दा स्वास्थ्य क्षेत्रमा देखिने सुधार र दीर्घकालीन रुपमा असर पुग्ने नीतिगत सुधारका काम थालेका थिए । जसलाई जनस्तरबाट रुचाइएको थियो ।

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । २०५३ सालमा सोही क्याम्पसमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।

२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हालेका थापा २०६८ मा ३१ वर्षकै उमेरमा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०५९ मा संविधान सभा र गणतन्त्रको आवाज उठाउँदा राजकाज मुद्दा खेपेका उनी त्यसपछि दलहरुको आन्दोलनमा सडक नायकझै देखिएका थिए । २०७२ सालमा भने कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।

२०४६ सालको जनआन्दोलनको समयमा बाल कांग्रेस बन्दै राजनीतिमा सक्रिय रहँदै आएका उनी राजनीतिमा विभिन्न चरणहरु पार गर्दै आए ।

चुनाव अगावै अब प्रधानमन्त्रीका लागि पार्टीको संसदीय दलको नेतामा दाबी गर्ने सार्वजनिक उद्घोष गरेका थापाले निर्वाचित भएलगत्तै अब संसदीय दलमा निर्वाचनका लागि तयारी थाल्ने बताएका छन् । अहिलेको निर्वाचनले स्थिर सरकार मात्रै नभई देश हाँक्ने उपयुक्त चालक पनि खोजेको र यो कांग्रेसले मात्रै दिन सक्ने भन्दै उनले पार्टीलाई एकताबद्ध गरेर नयाँ नेतृत्व दिन आवश्यक रहेको बताए ।

२०३३ सालमा काठमाडौँमा जन्मिएका उनका पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापा हुन् । दुई छोरीका पिता गगनका एक दाजु र दुई भाइ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?