दाङ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।
प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिनुभएको छ । प्रहरीको गाडीबाट आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हाम फालेर फरार भएका थिए ।
थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताउनुभयो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया