सुर्खेतको देउती बज्यै मन्दिरको भित्रि कथा

युवराज पंगाली । सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल हो गंगामाला देउती बज्यै मन्दीर ।

देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोवास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यसै कारणले गर्दा देउती बज्यै मन्दीरमा दैनिक सयौँको भिड लाग्ने गर्दछ । सुर्खेतमा बसोबार गर्दै आएको पुरानो जाती राजीले गंगामा जाल खेल्न जाँदाँ देउता भेटीएको कारणले गर्दा गंगामाला देउती बज्यै नाम रहेको मन्दीरका मुल पुजारी तथा मन्दीरका संस्थापक टंक बहादुर राजी बताउँछ ।

राजा ज्ञानेन्द्रको पालामा २०५८ सालमा उद्घाटन गरिएको मन्दीरको अहिले १६ पिलर सहित पतिलको छानो रहेको छ । विषेश गरि शनिवार तथा चाडपर्वको समयमा उक्त मन्दीरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छनोटमा कर्णालीका १० जिल्लाबाट २१ वटा पर्यटकीय गन्तव्य समावेश छन्, त्यस अन्तरगत पनि समावेश भएको पर्यटकीय स्थल हो सुर्खेतको गंगामाला देउती बज्यै मन्दीर । दैनिक जसो पाँच सय भक्तजनहरु उक्त मन्दीरमा पुजाआजाका लागी जाने गर्दछन । स्वर्गकी अप्सरा भनेर चिनिने रारा ताल जाने मुख्य प्रवेश द्वार पनि सुर्खेत वीरेन्द्रनगरनै भएका कारणले गर्दा पनि देउतीबज्यै मन्दीरको दर्शन नगरि कोहि पनि पर्यटक बाहिरिदैनन् । तर, मन्दीरमा बाहिरबाट आउने भक्तजनहरुे सोचेजस्तो व्यवस्थापन भने हुन सकिरहेको छैन ।

२०७४ साल असोज ५ गते  पछल्लो समय वीरेन्द्रनगर नगरपालिकाले आफ्नो मातहतमा मन्दीर लिएको भएता पनि उचित रुपमा व्यवस्थापन हुन नसकेको पुुजाआजाका लागी मन्दीर पुगेको भक्तजन गणेश वलीको भनाई रहेको छ  । उनि भन्छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छनोटमा समेत परेको पर्यटकिय स्थलमा गतिलो व्यवस्थापन नहुनु हामि सुर्खेत बासिका लागी विडम्बनाको कुरा हो । अहिले सम्म मन्दीर परिसरमा एउटा पनि पक्की शौचालयको व्यस्था हुन सकिरहेको छैन, उनले थपे । म आग्रह गर्न चाहान्छु मन्दीर व्यवस्थापनको जिम्मा लिएको वीरेन्द्रनगर नगरपालिकाले एउटम पक्की शौचालयको छिट्टै निर्माण गरिदियोस, र यस मन्दीरमा दर्शन गर्न आउने श्रद्दालु भक्तजनहरुले दान गरेको दक्षीणको सहि हिसाव किताब राखियोस, उनले भने ।

मन्दीरमा बोका चढाउने, गाडि तथा मोटरसाईकलहरु पुजा गर्नेहरुको पनि उत्तीको भिड लाग्ने गर्दछ । गाडि तथा मोटरसाईकल पुजा गरेबापत सवारी धनिले दुई सयदेखी एक हजार रुपैयाँसम्म पैसा तिर्ने गर्दछन् भने बोका पुजा गर्नेहरुले एक सय रुपैयाँ तिर्ने गर्दछन् । मन्दीरबाट संकलन भएको रकम व्यवस्थीत नभएको मन्दीरकै मुद पुजारी टंक बहादुर राजीले बताउँछन् । मन्दीर व्यस्थापन गर्न भन्दै दुई पटकसम्म धार्मिक महायज्ञ लगाउने काम भयो । तर, कति रकम संकलन भयो त्यसको आफुलाई कुनै पनि जानकारी नभएको मुल पुजारी राजी बताउँछन् । उनले भने, पुजा गर्न आउने भक्तजनहरुले शौचालय कता छ भनेर प्रश्न गर्छन, मलाई जवाफ दिन लाज लाग्छ,  उ पर पट्टी कालो पलास्टीकले बारेको सानो कच्ची छ भनेर जवाफ दिन्छु, के गर्ने भन्नै पर्यो मन्दीरको मुल पुजारी हुँ । मन्दीर व्यवस्थापन समितिले आफुहरुसँग कुनै पनि समन्वय नगरेको उनको गुनासो रहेको छ । मन्दीरमा दैनिक ३ देखी पाँच हजार सम्म दक्षीण संकलन हुन्छ आदा मैलै राख्छु र अरु पुजारीलाई दिन्छु आदा नगपालिकाले लैजान्छ पुजारी राजिले भने । 

यता मन्दीर व्यवस्थापनको जिम्मा लिएको वीरेन्द्र नगरनगरपालिका नगर प्रमुख तथा मन्दीर व्यवस्थापन समितिको संयोजक देबकुमार सुवेदीले भने मन्दीर व्यवस्थापनका समिती लागीरहेको बताउँछन् ।

एक वर्षको अवधिमा मन्दीरबाट करिव नौलाख रुपैया संकलन भएको र त्यो रकम बैकमा राखिएको सुवेदीले बताए । अबको केहि दिनमै मन्दीर परिसरमा पक्की शौचालयको निर्माण हुने र त्यसको लागी काम सुरु भइसकेको नगरप्रमुख सुवेदिको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?