चुनाव खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइन्छ : थपलिया

लोकपथ
52
Shares
;’?ªuf, @) sflQs M d’Vo lgjf{rg cfo’Qm yklnof cGt/lqmofdf lgjf{rg cfof]u g]kfn / g]kfn sfg”g ;dfhn] emfkfsf] latf{df]8df cfh cfof]hgf u/]sf] sfo{qmddf dGtJo /fVg’x’Fb} d’Vo lgjf{rg cfo’Qm lbg]zs’df/ yklnof . k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf] ldlt glhlsP;Fu} lgjf{rg cfrf/;+lxtfsf] k|efjsf/L sfof{Gjog / ;/f]sf/jfnfx?sf] e”ldsf ljifos sfo{qmd oxfF cfof]hgf ul/Psf] xf] . tl:a/M ;’/]Gb| e08f/L÷ /f;;

झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिइने बताएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए ।

उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारवाही गरिने बताए । उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताए ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासोे आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उनको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै उनले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?