संविधान मिचेर नागरिकता विधेयकमा संशोधन दर्ता

काठमाडौँ–संवैधानिक प्रावधानसँग बाझिने गरी नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता भएको पाइएको छ ।

संवैधानिक प्रावधानसँग बाझिने संशोधन प्रस्तावलाई सभामुखले अस्वीकार गर्न सक्ने भए पनि उक्त संशोधन प्रस्ताव स्वीकृत भई दफावार छलफलमा समेत पेस भएको छ ।

गैर आवासीय नागरिकतासम्बन्धी व्यवस्था रहेको संविधानको धारा १४ सँग बाझिने गरी संशोधन दर्ता भएको हो ।

सांसद्द्वय प्रमोद साह र एकबाल मियाले संशोधन विधेयकमा थपिएको दफा ७(क) को व्यवस्था परिमार्जनका लागि संशोधन दर्ता गरेका छन् । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?