ओलीलाई भेटेर फर्किए डा केसी, अस्पतालबाटै माग पूरा गर्ने आश्वासन

काठमाडौं– महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले आफू अस्पतालबाट डिस्चार्ज भएसँगै चिकित्सा शिक्षा विधेयक अघि बढाउने पनि केसीलाई आस्वासन दिएका छन् ।

बुधबार राती ९ बजे ओलीलाई भेट्न अस्पताल पुगेका केसीलाई ओलीले यस्तो आवश्वासन दिएका हुन् । यद्यपी केसीले भने आफू माग पूरा गरिदिन भन्न यहाँ नआएको भन्दै स्वास्थ्य लाभको कामनाका लागि मात्रै आएको बताए ।

सो क्रममा केसी र ओलीबीच करीब १० मिनेट कुराकानी भएको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएसँगै ओली दुई दिनयता महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?