बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

लोकपथ
84
Shares

बझाङ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आइतबार बिहान ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरुमा गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?