१३ चैत्र २०७९, सोमवार

अन्न नखाइ ७५ वर्षदेखि बाँचेका छन् एक वृद्ध

२०७४,कार्तिक,१,बुधबार ०६:२५

0
Shares

–गोपालप्रसाद पोखरेलपथरी, मोरङ, १ कात्तिक ।अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ?तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि अन्न नखाइ बाँचेका छन ।उनले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल (सक्खरखण्ड, तरुल, आलु आदि) मात्र खाए । त्यसपछि कन्दमुल पनि छाडेर स्याउ मात्र खान थाले ।  उनले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखाएको उनका छोरा शीव भटृराईले जानकारी दिए । उनले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छोडेको पनि उनी बताउछन ।विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ खानुहुन्छ र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउछन । त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खान्छन । उनको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ ।छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता काम समेत गर्दै आएका छन ।उनी भन्छन, “घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उनको १० कट्ठा खेत छ । उनले मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्छन । उनले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गरेका छन । उनले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आएका छन ।सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताए ।भुल्के, भोजपुरमा जन्मिएका उनी भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुन ।उनका तीन छोरा र एक छोरी छन् । उनी अरु तन्नेरीभन्दा कम छैनन् । युवाले जस्तै खेतबारीको काम गर्छन भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिन्छन ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६