१३ चैत्र २०७९, सोमवार

किन रोकिए माओवादी मन्त्री ? यस्तो छ रोचक कारण

२०७४,कार्तिक,१,बुधबार ०१:३४

0
Shares

काठमाडौँ, १ कात्तिक- सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको मनमा जिज्ञासा उठेको छ । त्यसको मुख्य कारक वाम गठबन्धनले चुनावको अनिश्चयलाई बनाएको छ । सर्वोच्च अदालतमा विचाराधिन मतपत्रसम्बन्धी एक मुद्दामा चुनावको प्रतिकुल निर्णय आए चुनाव सार्न देउवा सरकारलाई सहज हुने निष्कर्ष गठबन्धनको रहेको खबर आजको कान्तिपुरमा खबर छ ।देउवा–दाहाल भेटमा माओवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ८ राज्यमन्त्रीलाई राजिनामा दिलाउने समझदारी बनेको थियो । ‘निकै खुशी मुडमै दाहाल देखिन्थे । तर, २ घण्टा नबित्दै उनले देउवालाई फोन गरेर आफ्ना मन्त्रीहरुले राजिनामा नदिने जानकारी दिएपछि प्रधानमन्त्री ज्यू स्वयं अचम्म पर्नुभएको थियो’, देउवा सचिवालयका एक सदस्यले दिनभरको राजनीतिक फेरबदल सुनाउँदै भने ।दाहाल बालुवाटारबाट सिंहदरबार फर्किइ संसदीय दलको बैठकमा मन्त्रीहरुको राजिनामा गराउने निर्णय गराउदै थिए । त्यहीबीचमा सर्वोच्चबाट मतपत्र सम्बन्धी विवादमा टेकेर चुनाव प्रभावित हुन सक्ने निर्णय आउने सूचना पुग्यो । त्यस्तो निर्णय भए निर्वाचन आयोगले समेत तोकिएको मितिमा चुनाव गर्न नसक्ने अवस्था आउने उक्त बैठकमा सांसदहरुले उठाएका थिए । केही सांसदहरु भने पार्टीले गठबन्धन फेरेपछि सरकारमा बस्न नहुने तर्क गरिरहेका थिए । उता सर्वोच्चको सम्भावित निर्णयबारे उस्तै सूचना प्रमुख दल एमालेका नेताहरुलाई पनि पुगेको थियो ।‘सर्वोच्चको आदेशमा टेकेर चुनाव सार्ने खेल हुन सक्ने भनेपछि हामीले निर्णय परिवर्तन गर्‍र्यौं’, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन् । उनका अनुसार यो विषयमा गठबन्धनको प्रमुख साझेदार दल एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग दाहालको छलफल चलेको थियो । दुवै दलको निष्कर्ष कुनै पनि बहानामा मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अनिश्चय हुन नदिने भन्ने थियो । त्यसका लागि मन्त्रिपरिषदमा भएका मन्त्रीहरुलाई राजिनामा दिलाउनु प्रत्युत्पादक निर्णय हुन सक्थ्यो ।  

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६