प्रेमबारे जानीराखौँ यी सात अनौठा तथ्य

लोकपथ
325
Shares

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा जो कोहीले पनि गर्ने गर्छन् तर, यसलाई महसुस गर्ने र बुझ्ने विरलै भेटिने गरेको जान्नेहरुले बताउँदै आएका छन् ।

प्रेमलाई केही दार्शनिकहरुले आफूभित्रको शक्तिका रुपमा पनि लिने गरेका छन् । केही व्यक्तीहरु प्रेममा असफल भएको भन्दै आत्महत्यासमेत गर्ने गरेका घटना थुप्रै छन् । यद्यपी प्रेमबारे रोचक तथ्यहरु पनि थुप्रै पाउन सकिन्छ । जसमध्येका केही अनौठा घटनाहरु यसप्रकार छन् ।

१). विश्वमा सबैभन्दा धेरै ‘आइ लव यू’ नोभेम्बर महिनामा भनिन्छ ।

२). वैज्ञानिक अनुसन्धानका आधारमा राम्रो शरीरभन्दा राम्रो अनुहारलाई बढि आकर्षक मानिन्छ ।

३). विश्वमा करीब तीस लाख व्यक्ती दैनिकजसो ‘डेट’ मा जाने गर्दछन् ।

४). अर्जेन्टिनाका एक किसानले आफ्नो स्वर्गीय श्रीमतीको यादमा जीवनभर ‘गिटार’ आकारको खेतमा खेती गरेका थिए ।

५). प्रेमका प्रतीकको रुपमा ‘हर्ट सीम्बोल’लाई सन् १२५० बाट सुरु गरिएको थियो ।

६). सन् २०१४ को ‘भ्यालेनटाइन डे’मा एरोजिनाको जेलबाट एक कैदी आफ्नो प्रेमिकासँग भेट्नका लागि जेलबाट भागेका थिए ।

७). र साधारण मानिसमा प्रेम विवाहको सुरुवात १८औं शताब्दीबाट भएको थियो ।

यी लगायत प्रेमका सम्बन्धमा अन्य थुप्रै अनौठा र रोचक तथ्यहरु पत्ता लागेका छन् । प्रेम उचितरुपमा परिभाषीत नभएपनि वैज्ञानिकले यसलाई केमेस्ट्री, दार्शनिकका अनुसार भावुक प्रतिबद्धता, उपन्यासकारका अनुसार उपन्यास र कथाको जन्म, मनेवैज्ञानिकका अनुसार प्राकिृतिक शक्ति र किंग सोलेमनका अनुसार आफ्नो प्रतिबिम्व भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?