चिनियाँ परिवारबारे रोचक तथ्य : घर मालिकदेखि श्रीमति नपाउने पीडासम्म

चीन धनी र शक्तिशाली बनेको छ। तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला ? हामी यो पटक तपाइलाई चिनिया परिवारबारे रोचक तथ्य प्रस्तुत गर्दै छौ:-सन् १९८०को दशकदेखि २००० सम्म जन्मिएका चिनियाँ नागरिकसँग त्यही उमेर समूहका अमेरिकी र युरोपेली नागरिकको तुलनामा बढी आफ्नै घर हुनेछ।आफ्ना छोराहरुका लागि विवाह गर्न महिला आकर्षित गर्न धेरै चिनियाँ बाबुआमाले घरको व्यवस्था मिलाइदिने गरेको एचएसबीसीको तथ्याङ्कले देखाउँछ।- चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति सन् २०१५मा खारेज गरेपनि त्यसको प्रभाव आउने कैयौं वर्षसम्म रहनेछ।३० वर्षभन्दा माथिका अविवाहित पुरुषका लागि चीनमा एउटा शब्द नै छ: शेन्गनान अर्थात् ‘बाँकी रहेका पुरुष’।१५ देखि २४ वर्षको उमेर समूहमा प्रत्येक १ सय महिलाका लागि ११४ पुरुष छन्।तत्कालका लागि अहिलेको लैंगिक असमानताले पुरुषहरुलाई श्रीमति पाउन गाह्रो हुनेछ।-सन् २०१५ मा चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति बदल्यो।उक्त नीतिको उद्देश्य जनसंख्यालाई नियन्त्रित राख्नु थियो तर त्यसले पुरुष र महिलाबीचको संख्यामा डरलाग्दो खाडल उत्पन्न गरायो।अब धेरै बच्चा र ठूला परिवारका लागि ढोका खुलेका बेला विवाह र सम्बन्ध विच्छेदको दर हेर्दा त्यो विकसित मुलुक सरहकै देखिन्छ।सन् २०१३ देखि २०१६ को अवधिमा विवाहको दर १६ प्रतिशतले घट्यो भने त्यही दरमा सम्बन्ध विच्छेद बढ्यो।-चीनको औसत आम्दानी ग्रामीण र शहरी क्षेत्र दुवैमा बढिरहेको छ।पछिल्लो एक दशकमा खानामा हुने खर्च तुलानात्मक रुपमा घटिरहेको छ भने स्वास्थ्य, कपडा र यातायातमा हुने खर्च बढेको छ।आमसञ्चारमा पनि त्यस्तै छ।मोबाइल फोनको संख्यामा भएको वृद्धिले पनि त्यो दर्शाउँछ।प्रत्येक १०० जनामा ९७ जनासंग मोबाइल फोन रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाउँछ।-आम्दानी बढिरहेकाले धेरै आमाबाबुले आफ्नो सन्तानलाई पढ्नका लागि विदेश पढाउने चलन बढेको देखिन्छ।त्यसमाथि पढेर उनीहरु फर्किपनि रहेका छन्।सन् २०१६ मा ५ लाख ४० हजार विद्यार्थी विदेश पढ्न गएका थिए।  -बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?