रहेनन् नेपाली कांग्रेसका नेता प्रदीप गिरी

लोकपथ
68k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज (शनिबार) गिरीको निधन भएको हो ।

गिरीको निधनबारे नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले लोकपथलाई जानकारी दिए । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । कांग्रेस नेता गिरी विगत तीन सातादेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । गिरी क्यान्सरबाट पीडित थिए । भारतमा क्यान्सको उपचार गराएर स्वदेश फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि ललिपुरस्थित मेडिसिटीमा भर्ना गरिएको थिए । पछिल्लो समयमा उनमा मल्टिपल अर्गान फेलियरको समस्या देखिएको थियो ।

यो पनि पढ्नुहोस् : को हुन स्वर्गीय नेता प्रदीप गिरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?