१५ मङ्सिर २०७८, बुधबार

चिनियाँ परिवारबारे रोचक तथ्य : घर मालिकदेखि श्रीमति नपाउने पीडासम्म

२०७४,आश्विन,३०,सोमवार १७:२४

0
Shares

चीन धनी र शक्तिशाली बनेको छ। तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला ? हामी यो पटक तपाइलाई चिनिया परिवारबारे रोचक तथ्य प्रस्तुत गर्दै छौ:-सन् १९८०को दशकदेखि २००० सम्म जन्मिएका चिनियाँ नागरिकसँग त्यही उमेर समूहका अमेरिकी र युरोपेली नागरिकको तुलनामा बढी आफ्नै घर हुनेछ।आफ्ना छोराहरुका लागि विवाह गर्न महिला आकर्षित गर्न धेरै चिनियाँ बाबुआमाले घरको व्यवस्था मिलाइदिने गरेको एचएसबीसीको तथ्याङ्कले देखाउँछ।- चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति सन् २०१५मा खारेज गरेपनि त्यसको प्रभाव आउने कैयौं वर्षसम्म रहनेछ।३० वर्षभन्दा माथिका अविवाहित पुरुषका लागि चीनमा एउटा शब्द नै छ: शेन्गनान अर्थात् ‘बाँकी रहेका पुरुष’।१५ देखि २४ वर्षको उमेर समूहमा प्रत्येक १ सय महिलाका लागि ११४ पुरुष छन्।तत्कालका लागि अहिलेको लैंगिक असमानताले पुरुषहरुलाई श्रीमति पाउन गाह्रो हुनेछ।-सन् २०१५ मा चीनले एउटा बच्चामात्रै जन्माउन पाउने नीति बदल्यो।उक्त नीतिको उद्देश्य जनसंख्यालाई नियन्त्रित राख्नु थियो तर त्यसले पुरुष र महिलाबीचको संख्यामा डरलाग्दो खाडल उत्पन्न गरायो।अब धेरै बच्चा र ठूला परिवारका लागि ढोका खुलेका बेला विवाह र सम्बन्ध विच्छेदको दर हेर्दा त्यो विकसित मुलुक सरहकै देखिन्छ।सन् २०१३ देखि २०१६ को अवधिमा विवाहको दर १६ प्रतिशतले घट्यो भने त्यही दरमा सम्बन्ध विच्छेद बढ्यो।-चीनको औसत आम्दानी ग्रामीण र शहरी क्षेत्र दुवैमा बढिरहेको छ।पछिल्लो एक दशकमा खानामा हुने खर्च तुलानात्मक रुपमा घटिरहेको छ भने स्वास्थ्य, कपडा र यातायातमा हुने खर्च बढेको छ।आमसञ्चारमा पनि त्यस्तै छ।मोबाइल फोनको संख्यामा भएको वृद्धिले पनि त्यो दर्शाउँछ।प्रत्येक १०० जनामा ९७ जनासंग मोबाइल फोन रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाउँछ।-आम्दानी बढिरहेकाले धेरै आमाबाबुले आफ्नो सन्तानलाई पढ्नका लागि विदेश पढाउने चलन बढेको देखिन्छ।त्यसमाथि पढेर उनीहरु फर्किपनि रहेका छन्।सन् २०१६ मा ५ लाख ४० हजार विद्यार्थी विदेश पढ्न गएका थिए।  -बीबीसी

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अस्ट्रेलियाको संसदमा रहेका महिला सभासद् र कर्मचारीहरूमाथि हुने गरेको यौनजन्य हिंसाले सर्वत्र चर्चा पाइरहेको अवस्थामा मंगलबार सार्वजनिक भएको एक प्रतिवेदनले

एक युट्युबरले आफ्नो प्रेमीकाको जन्मदिनको अवसरमा १० लाख पेसो (२३ लाख ६१ हजार रूपैंया) को नोटको बुके उपहारमा दिएका छन्

काठमाडौं । विश्वका सात आश्चर्यमध्येको एक ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेका थिए । तर

एक रेस्टुरेन्टले आफ्ना ग्राहकलाई आकर्षित गर्न ल्याएको निश्चित रकम तिरेर पेटभरि खान दिने योजनालाई एक ग्राहकले विफल बनाइदिएका छन् ।

ताजा समाचार

राष्ट्रपतिबाट एक साथ ६ वटा अध्यादेश जारी
 २०७८,मङ्सिर,१५,बुधबार १९:२५