अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिवद्धता

लोकपथ
104
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिवद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्वोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीले आफूहरुलाई स्वतः स्थायी गरिनुपर्ने लगायतका माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ । श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरुको आत्मसम्मानका लागि आफूहरुले धेरै संघर्ष र बलिदान गरेको भन्दै उनले सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र विकसित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?