११ आश्विन २०७८, सोमवार

लौन यी युवाको पेटबाट के निस्कियो यो ?

२०७४,आश्विन,३०,सोमवार १५:३१


एजेन्सी एक युवकको ३० इन्च लामो लामो आन्द्रा डाक्टरहरुले शल्यक्रियामार्फत निकालेको छन् । उनलाई निकै दुर्लभ प्रकारको कब्जियत भएको थाहा भएपछि तत्काल शल्यक्रिया गरिएको हो ।नाम नखुलाइएका २२ वर्षीय युवकलाई एचडी भनेर चिनिने ‘हिर्स्प्रङ्ग डिजिज’ नामक जन्मजात रोग लागेको थियो । जसका कारण उनको पेटभित्रको मांशपेशीमा नशाको कमी हुँदा दिसा पास हुन पाउँदैनथ्यो । यसो हुँदा ती युवकको पेट सानै उमेरदेखि फुल्न थालेको थियो ।दिसालाई जर्बजस्ती पास गराउनका लागि उनले ल्याक्सेटिभ र कब्जियतका औषधीमा भर पर्नुपर्दथ्यो ।पूर्वी चीनको साङ्घाइमा अवस्थित टेन्थ पिपल्स हस्पिटलका डाक्टर यिन लु र उनको समूहले ती युवकलाई भेट्दा उनको पेटको आकार देखेर तर्सिएको बताए । उनको पेटमा महिनौंदेखि जमिरहेको दिसाले गर्दा उनको पेट निकै ठूलो भएको परिक्षण पछि थाहा भयो ।उनको ३० इन्च लामो र १३ किलोको आन्द्रालाई तीन घण्टा लामो शल्यक्रियामार्फत निकालिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५