आज कोत पर्व : जान्नुहोस् नेपालको इतिहासका (कालो दिनहरु )

असोज २ (१९०३ ) : कोत पर्व
वि.स. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो ।
नेपालको इतिहासमा यो सबैभन्दा ठूलो हत्याकाण्ड हो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भएका थिए ।

स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो ।

गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जङ्गबहादुर राणाका मानिस युद्धवीर (राममेहर) अधिकारीद्वारा सर्वप्रथम अभिमान सिँह राना मगर मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो । यस्तो विभत्स र दुस्खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बस्न्यात खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने भने काण्ड मच्चाउने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो ।

कात्तिक १२ (१९०३ ) : भण्डारखाल पर्व
भलै जंगबहादुर राणा प्रधानमन्त्रि बन्नु पूर्व रानी राज्यलक्ष्मी का विश्वसनिय पात्र थिए तर प्रधानमन्त्री बने पश्चात् उनीहरुको सम्बन्ध चिस्सिन थाल्यो । त्यसका साथै कोत पर्वमा अनेकौ भारदारहरुको हत्या गराएकाले जंग बाहादुरले श्री ५ राजेन्द्र पनि जंग बहादुरका शत्रु भएका थिए ।

कोत पर्वमा बचेका दुश्मनहरुलाई उनले भण्डारखालमा सखाप पारे ।

दरबारमा वि.सं. १९०३ कात्तिक १२  तिर भण्डारखालको भोजमा जंग बहादुरको हत्या गर्ने षड्यन्त्र बुनिन थाल्यो तर यसबारे जंग बहादुरले पण्डित विजयराजबाट पत्तो लगाए र आफ्नमा विश्वासपात्र ४ पल्टनहरु लाइ भण्डारखाल घेर्न लगाई २३ जना को हत्या गराए र समर्पण गर्ने लाई कैद गराए । कोत पर्वमा बचेका दुश्मनहरुलाई उनले भण्डारखालमा सखाप पारे ।  यस पर्वपश्चात् रानी राज्यलक्ष्मीले निर्वाशित जीवन बिताउनु पर्यो भने वीरध्वोज बस्नेत, मानसिंह बस्नेत, बीर्केषर बस्नेत, पुरंदर थापा लगायत २३ जनाले ज्यान गुमाउनु पर्यो । यस पर्वमा धेरै बस्नेतहरुको मृत्यु भएकाले यसलाई बस्नेत पर्व पनि भनिन्छ । 
माघ २ (१९९०) : महाभूकम्प 
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्ररी प्रभावित बनाएको थियो । 

१६ हजार ८ सय ७५ जनाको मृत्यु र तीन हजार तीन सय १९ जना गम्भीर रूपमा घाइते भएका थिए ।

अधिराज्यभरिको अनुमानित क्षति हेर्ने हो भने भुकम्पका कारण तीन लाख अठ्ठासी हजार घर भत्कीएको थियो । १६ हजार ८ सय ७५ जनाको मृत्यु र तीन हजार तीन सय १९ जना गम्भीर रूपमा घाइते भएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
जेठ १९ (२०५८) : राजदरबार हत्याकाण्ड 
२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भयोे । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो । सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो । 
राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए । उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । २०५८ जेठ १९ गतेलाई नेपाली इतिहासमा कालो दिन भनिएको छ । 

भदौ १६ (२०६१ ) : इराक हत्याकाण्ड
२०६१ साल भदौ १६ गते वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएका थियो । 
अपहरणको ११ दिनपछि अपहरित सबै युवाको हत्या भएको खबरले मुलुकभर सन्नाटा छायो । ती मध्येका एकको शीरछेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडियो सार्वजनिक ग¥यो, आतंककारी समूहले । भिडियो सार्वजनीक हुनै बितिकै इतिहासमै नदेखिएको दंगा फैलियो, राजधानीमा ।
यसरी १२ जना निर्दोष नेपालीको परदेशी भूमीमा भएको हत्याको आगो नेपालमा फैलिएको थियो । संगठितजस्तो लाग्ने हुलदंगाकर्मीहरूको जमातले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति–व्यक्तिमाथि आक्रमण गर्न थाल्यो । धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । २०६१ भदौ १६ गतेको त्यो घटनामा राजधानीमा रहेको अधिकांश म्यानपावर कम्पनी जलाइएका थिए । करोडौंको क्षति भएको थियो । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधै भदौ १६ गतेलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् ।

अपहरणको ११ दिनपछि अपहरित सबै युवाको हत्या भएको खबरले मुलुकभर सन्नाटा छायो । ती मध्येका एकको शीरछेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडियो सार्वजनिक ग¥यो, आतंककारी समूहले ।

उक्त समूहले झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।
यसैगरी, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको समेत सोही दिन विभत्स तवरले हत्या भएको थियो । तीमध्ये एकजनाको घाँटी रेटेर र अरुको गोली हानेर हत्या गरिएको थियो । उनीहरूलाई अमेरिकी गुप्तचर भन्दै पहिले बन्धक बनाएको थियो र पछि निर्मम रूपले हत्या गरिएको थियो । कालो दिन भनिएको इराक हत्या काण्डको १३ बर्ष पूरा भएको छ ।  पीडा कम भएपनि स्मरण अझै उस्तै छ ।

असोज ७ (२०६३) : श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना
असोज ७ , २०६३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो । दुर्घटनामा तत्कालीन वन तथा भु–संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो ।

विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो ।

त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो । विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला बाक्लो हुस्सुमा परी घुन्साको फलेस्थित धुन्चे पहाडमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको थियो ।

 

बैसाख १२ (२०७२) : महाभूकम्प 
वि. सं २०७२ बैसाख १२ गते शनिबार । नेपालीको मनमा त्यो कालो दिन हटेको छैन । यस नेपालमा सोच्नै नस्कने कहाँली लाग्दो दिन थियो । नेपालको लागि भने बैशाख १२ गते आउछ सबै नेपालिको मनमा एउटा छुतै खाल्को डर आतंक ले पिरोलिरहेको हुन्छ । र आज पनि त्यो दिन सम्झनसाथ नेपालीको मन झस्किने गर्छ ।  वि.सं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व(दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ गयो । वि. सं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो ।

वि.सं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११ः५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व(दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ गयो । वि. सं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो ।

भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका छन् जसमा वसन्तपुर दरवार क्षेत्र पनि रहेको छ । भूकम्पले राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको थियो । वि.सं. २०७२ बैशाख १२ गते मध्यान्नमा गएको भूकम्पको धक्का नेपाल लगायत छिमेकी मुलुक भारत, बङ्गलादेश र चिनमा समेत महसुस भएको थियो । यो भुकम्पले केवल घर जमिन मात्र हल्लाएन, सम्पुर्ण नेपालीको मुटु पनि हल्लायो ।
सरकारी प्रतिवेदनअनुसार सो भूकम्पमा आठ हजार नौ सय ६९जनाले ज्यान गुमाएका थिए भने २२ हजार तीन सय २१ जना घाइते भएका थिए । त्यस्तै छ लाख दुई हजार पाँच सय ९२ घर पूर्णरुपमा क्षति भएका र दुई लाख ८४ हजार चार सय ८२ जनाको घर आंशिंकरुपले क्षति भएको थियो । महाभूकम्पका कारण २० लाख भन्दा बढी प्रजनन उमेरका महिलाहरू प्रभावित भएका र एक लाख २६ हजार भन्दा बढी गर्भवती महिलाहरू अति जोखिम अवस्थामा रहेको भूकम्पपश्चात् युएनएफपीएले दिएको तथ्याङ्कमा उल्लेख छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?