९ फाल्गुन २०८०, बुधबार

एउटा जिल्लाको भूकम्प पीडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउने

२०७४,आश्विन,३०,सोमवार ०९:२९

0
Shares

असोज ३०भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सिमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउने पाउने भएका छन् । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान तिवरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचिमा परेका भूकम्प पीडितले आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा घर बनाउन पाउने व्यवस्था गरेको हो । यसैगरी जोखिमयुक्त वस्तीका लाभग्राहीले पनि आफ्नो इच्छा अनुसार आफ्नै जिल्ला वा सिमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न दुई लाख र घर बनाउन ३ लाख अनुदान पाउने संशोधित कार्यविधिले व्यवस्था गरेको हो । “राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्माले भने : भूकम्पबाट क्षतिग्रस्त आवास भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलव्ध गराइने व्यवस्था अनुसार एउटा जिल्लाको भूकम्प पिडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउनेछन् ।” शर्माले भने : “उदाहरणका लागि सिन्धुपाल्चोकका लाभग्राही सुचिमा परेको घरधनीले काठमाण्डौमा घर बनाउन पाउनेछन् ।” तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ । त्यसरी प्रक्रिया पुरा गरेर घर बनाउने लाभग्र्राहीले निजी आवास अनुदान वापत ३ लाख रुपैया पाउनेछ । प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त वस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिदका लागि दुई लाख रुपैया अनुदान दिने निर्णय गरेको थियो । संशोधित कार्यविधीमा भनिएको छ, “जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरु मध्ये कुनै घरधनीले आफ्नो इच्छा अनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थामा बसोबास गर्न चाहेमा उक्त ठाँउमा घर निर्माण गर्न चाँहिने जग्गा व्यवस्था गर्नका लागि अनुदान स्वरुप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी दुई लाख रुपैया सम्म एकमुष्ठ उपलब्ध गराईने व्यवस्था गरिएको छ । ”

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला

काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिएका

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको

ताजा समाचार

नामिवियाले गुमायो तेस्रो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:२२
नामिवियाको पहिलो विकेट पतन
 २०८०,फाल्गुन,९,बुधबार १२:३७
माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका
 २०८०,फाल्गुन,९,बुधबार १२:०६
आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु
 २०८०,फाल्गुन,९,बुधबार ११:४५