राम लेखिएको ढुङ्गा पानीमा तैरिरहेको फेला

लोकपथ
1.8k
Shares

काठमाडौं । त्रेतायुगमा भगवान श्रीरामले लंका जानका लागि समुद्रमाथि ढुङ्गाको पुल बनाएको जनविश्वास छ । समुद्रमा तैरिरहेका हरेक ढुङ्गामा रामको नाम लेखिएको थियो। यस्तै एउटा ढुंगा भारतको मैनपुरीको ईशान खोलामा गाउँलेहरुले फेला पारेका छन् ।

रामको नाम लेखिएको यो ढुङ्गा खोलामा तैरिरहेको देखेपछि एउटा गोठालो नदीमा पसेर ढुङ्गा बाहिर ल्याएका थिए । यो ढुङ्गामा रामको नाम लेखिएको देखेर गाउँले छक्क परेका छन् । ढुङ्गा भेटिएपछि मानिसहरुले आस्थाका साथ उक्त ढुङ्गाको पूजा गर्न थालेका छन् ।

पानी में तैरता पत्थर

अचम्मको कुरा त के छ भने ढुङ्गा पानीमा तैरन सम्भव छैन । तर राम लेखिएको उक्त ढुङ्गा पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

पानी में तैरने वाला पत्थर

पानीमा तैरिरहेको ढुङ्गालाई गाउँले विश्वासका साथ हेरिरहेका छन् । कुस्मारा रामलीलास्थित हनुमान मन्दिरमा कुंडी बनाएर राखेर पूजापाठ गर्ने उक्त गाँउका प्रमुखले बताएका छन् । यसैबीच, यो ढुङ्गालाई लिएर त्यस क्षेत्रमा कौतुहलता बढेको छ ।

पानी में तैरता पत्थर

विज्ञानका अनुसार यस्ता ढुङ्गाको भित्री संरचना खासै ठोस नभई भित्रबाट स्पन्जजस्तै हुन्छ, जसको बीचमा हावाका थैली बनाइन्छ, जसका कारण यी ढुङ्गा तौलमा भारी भए पनि घनत्वमा हल्का हुन्छन् । जसका कारण उनीहरु पानीमा पौडी खेल्न थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?