१ भाद्र २०७९, बुधबार

अचम्मकाे आधा पांग्रे साइकल !

२०७९,असार,२३,बिहीवार २१:४१

72
Shares

एजेन्सी । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।

युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ ।

यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।

यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ ।

साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन् ।

प्रकाशित मिति: २०७९,असार,२३,बिहीवार २१:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । टाइमिङ मिलेका तस्बिरहरु सधै उत्कृष्ट देखिन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो र रोचक बनाउँछन्

काठमाडौं । त्रेतायुगमा भगवान श्रीरामले लंका जानका लागि समुद्रमाथि ढुङ्गाको पुल बनाएको जनविश्वास छ । समुद्रमा तैरिरहेका हरेक ढुङ्गामा रामको

काठमाडौं । भारतको जोधपुरमा पेट दुख्ने समस्यामा परेका एक युवकको पेटको एक्सरे गर्दा डाक्टर पनि छक्क परेका छन् । एक्सरे

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

ताजा समाचार