मुसाको पकडबाट ५०० ग्राम सुन बरामद !

लोकपथ
715
Shares

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५०० ग्राम सुन बरामद गरेको छ ।

घरेलु कामदारको रूपमा काम गर्ने ४५ वर्षीया महिलाले आफूले लिएको ऋण तिर्न सुन धितो राख्न जाँदै गर्दा आफ्नो गहनाको झोला हराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

पीडित महिला सुन्दरी प्लानिबेलका अनुसार घटना गोरेगाउँको गोकुलधाम कोलोनीमा भएको हो । उनले बाटोमा केटाकेटीलाई देखेपछि केही खानेकुरा दिएकी थिइन् । सुन राखेको झोलामा उनले खानेकुरा दिएकी थिइन् ।

बैंकमा पुगेपछि मात्रै उनले आफ्नो गल्ती महसुस गरेकी थिइन् । तत्काल उनी बैंकबाट फर्किएर बालबालिका खोज्ने प्रयास गरिन्, तर फेला पार्न सकिनन् । ४५ वर्षीया ती महिला त्यसपछि प्रहरीकहाँ पुगिन । स्थानीयको सहयोगमा उनले बालबालिकालाई फेला पारिन् ।

महिलाले दिएको खानेकुरा धेरै सुख्खा भएको भन्दै उनीहरूले सबै खानेकुरा फोहर फाल्ने ठाउँमा फालिदिएको प्रहरीलाई बताए । तर, प्रहरीले घटनास्थलमा गहना फेला पार्न सकेन । सीसीटीभी फुटेजमा केही मुसाले फोहरको थुप्रोबाट सुनको झोला बोकेको देखे ।

प्रहरीले तत्कालै ढल खोलेर हेरेको थियो, जहाँ सुनको झोला भेटियो । प्रहरीले तत्कालै महिलालाई त्यो झोला बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?