सन्दर्भ : १९औं विश्व रक्तदाता दिवस

लोकपथ
208
Shares

काठमाडौं । आज जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । मानवको रक्तसमूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको आजैको दिन जन्म भएकाले उनको जन्मदिनको अवसरमा सन् २००४ देखि यसै दिन विश्व रक्तदाता दिवस मनाइँदै आइएको छ ।

‘रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ यसवर्षको रक्तदाता दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
मानिसलाई आवस्यक पर्ने रगत मानिसबाट मात्रै प्राप्त गर्न सकिने भएकाले पनि मानव जिवन रक्षाको लागि रक्तदानको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

त्यसै रक्तदानको आवश्यकता र औचित्यका बारेमा सबैलाई जागरूक बनाउन पनि यो दिवस महत्वपूर्ण मानिन्छ । समयमै रगत पाउन नसक्दा विश्वमा अहिले पनि वर्षेनी लाखौँले ज्यान गुमाउनु परिरहेको अवस्था छ ।

कम्तीमा ४५ किलोग्राम तौल भएका १८ वर्षदेखि ६० वर्षसम्मका मानिसहरुले रक्तदान गर्नसक्छन् । सामान्यतया एक पटक रक्तदान गरेपछि अर्को पटक ३ महिनापछि मात्रै रक्तदान गर्न मिल्छ ।

तपाईँलाई थाहा छ ? विश्वभर रहेका करिब ८ अर्ब मानिसको रगत ८ वटा समूहमा विभाजन गरिएको छ ।

  • ए पोजेटिभ
  • ए नेगेटिभ
  • बी पोजेटिभ
  • बी नेगेटिभ
  • एबी पोजेटिभ
  • एबी नेगेटिभ
  • ओ पोजेटिभ
  • ओ नेगेटिभ

अनि तपाईँले रक्तदान गर्नुभएकोे रगत कुन–कुन रक्तसमूहका मानिसले प्रयोग गर्छन् यो पनि थाहा पाउनुहोस् ।

ए पोजेटिभ रगतलाई ए पोजेटिभ र एबी पोजेटिभ समूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

ए नेगेटिभ रगतलाई ए पोजेटिभ, एबी पोजेटिभ, ए नेगेटिभ र एबी नेगेटिभ रक्तसमूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

बी पोजेटिभ रगतलाई बी पोजेटिभ र एबी पोजेटिभ रक्तसमूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

बी नेगेटिभ रगतलाई बी पोजेटिभ, एबी पोजेटिभ, बी नेगेटिभ र एबी नेगेटिभ रक्तसमूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

ओ पोजेटिभ रगत सबै पोजेटिभ रक्तसमूह रहेका मानिसमा प्रयोग गर्न सकिन्छ भने ओ नेगेटिभ रगत सबै रक्तसमूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

एबी पोजेटिभ रगत एबी पोजेटिभ रक्तसमूहका मानिसमा मात्र प्रयोग गर्न सकिन्छ । तर, एबी नेगेटिभ रगत भने एबी पोजेटिभ र एबी नेगेटिभ दुवै रक्तसमूहका मानिसमा प्रयोग गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?