काठमाडौं । कालिमाटी बजारमा तनाव बढेपछि आपूर्तिमन्त्री मातृका यादव अनुगमनका लागि कालिमाटी तरकारी तथा फलफूल बजारमा पुगेका छन् ।
सोमबार विहान कालिमाटी तरकारी बजारको अनुगमन गर्न गएका सरकारी अधिकारीहरूलाई त्यहाँका व्यापारीहरूले गुण्डाको प्रयोग गरि बन्धक बनाएका थिए ।
आपराधिक गतिविधि गरिरहेका स्थानीय चुल्ठेमुन्द्रे प्रयोग गरि आफुहरूलाई बन्धक बनाएको सरकारी अनुगमनकारीहरूले बताएका छन् । उनीहरू बिहान ३ बजे नै तरकारी बजारको अनुगमन गर्न कालिमाटी पुगेका थिए ।
अनुगमनमा बिउबिजक नभएका दुई ट्रक तरकारी जफत गरिएको थियो । गल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले जानकारी दिए ।
अनुगमन टोलीलाई धम्क्याउने बिचौलियाको नेतृत्व गर्ने कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया