होशियार ! यस्ता छन् पाकेटमारका कोडभाषा : ध्रुवदाइ उर्फ पैसावाला (कोडभाषा सहित)

काठमाडौँ । टोखाबाट सामाखुशी हुँदै रत्नपार्क आउने एउटा बसमा सवार एक व्यक्तिले अर्कोलाई कानमा ‘साउती’ गर्दै भन्यो– ‘मकै टोकिस’ ।

‘टोक्ने–टोक्ने’ । ती व्यक्ति विस्तारै अगाडि बढे, अर्को व्यक्तिले ठेलम–ठेल ग-यो र डण्डी समातेर उभी–उभी यात्रा गरिरहेका एकयात्रुको ‘वालेट’ विस्तारै झिकेर फुत्त निस्के । 

बसभित्र खचाखच यात्रु भएको मौका छोपी गोंगबुबाट रत्नपार्कसम्मका लागि चढेका चारजना मध्ये दुईजना वालेट पाकेटमार बीचबाटै झरेका थिए भने अन्य दुई जना पकेट मार्ने दाउमा थिए । 

उनीहरुको सम्पूर्ण क्रियाकलाप बसमा सवार सादा पोशाकका प्रहरीहरुले गोप्य रुपमा निगरानी गरिसकेको थियो ।

प्रहरी नायव निरीक्षक केदार तिमिल्सेनाले भने– त्यसको केही सयमपछि ‘खडी’ ‘खडी’ भन्दै अर्कैको ब्यागको चेन खोलिरहेको अवस्थामा ती दुईजना पनि प्रहरीको फन्दामा परे । 

केही हप्ता अघि भएको पाकेटमारी घटना सुनाउदै उनले भने सांकेतिक भाषा बुझ्न नसक्दा सार्वजनिक यातायातका साधानमा लुटपाट बढी हुने गरेको छ ।

प्रहरी नायव निरीक्षक तिमिल्सेनाले उक्त बसमा सवार चारैजना लुटेरालाई रंगेहात पक्राउ गरिएको बताए । 

****

विशेष गरी सर्वसाधारणको बाक्लो भीडभाड हुने स्थानहरु र सार्वजनिक यातायातको साधनहरुमा लुटेरा तथा पाकेटमारहरुले ‘कोड’ भाषा प्रयोग गरी अपराध गर्ने गरेको पाइएको छ । 

यस्तो भाषा प्रायः सामान्य व्यक्तिले बुझ्न सक्दैनन्, उनीहरु सोही भाषा प्रयोग गरी पाकेट मार्नेदेखि झोलाबाट नगद झिक्ने, सिक्री थुत्ने गर्छन् ।

 बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

प्रहरीका अनुसार, यात्रुको भीडभाड भएको मौका छोपी तीन चारजनाको समूहमा रहेका लुटेराले योजनाबद्ध ढंगले लुटपाट गर्ने गर्छन् ।

 बसभित्र एकजनाले धकेल्ने, अर्कोले अर्कोलाई ठेल्ने, अनि एकले अर्कोलाई नठेलम हो भन्दै हात फुत्त झिकेर खल्तीबाट नगद र वालेट झिक्ने गर्छन् ।

उनीहरु एउटा स्थानमा उभिएका हुन्छन् तर, आँखा र हात भने सर्वसाधारणको झोला, गर्धनको सिक्री र पर्स थुत्न पुगेको हुन्छ । 

कतिपय पाकेटमारहरु पाकेट मार्न असफल भएपछि ‘पैसा हराएको वा लुटिएको नाटक गर्छन् । ला ! मेरो त पैसा नै चोरी भो’ पाकेटमारले यसो भन्दै गर्दा सर्वसाधारणको ध्यान खल्ती हेर्न र छाम्न तिर जान्छ, त्यसपछि कोसँग कति पैसा छ भन्ने कुरा पाकेटमारले सजिलै चाल पाउँछन् । 

उपत्यकामा सक्रिय पाकेटमार तथा लुटेराहरुले सर्वसाधारणको आँखा छल्न र प्रहरीबाट जोगिन कोड भाषा प्रयोग गर्ने गरेका हुन् ।

लुटेराका कतिपय भाषाप्रति प्रहरी समेत जानकार छैनन् । 

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् । तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । 

ठाँउ अनुसार भाषा फेर्छन् अपराधीहरु महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव निरीक्षक तारा विक भन्छन–तर, भाषाले नभएपनि उनीहरुको हाउभाउ र हेराइले पाकेटमार र लुटेरा ठ्याक्कै छुट्याउन सकिन्छ । 

उनीहरुले अफिसमा कुरा गर्दा अरुहरुले सुन्ने गरी कोड भाषा प्रयोग गर्छन् ।

तर, सर्वसाधारणले बुझ्दैनन् । बुझ्ने चासो पनि दिँदैनन् । 

प्रहरीका अनुसार, पाकेटमार समूहहरुबीच कुरा हुँदा यस्ता शब्दहरु प्रयोग हुन्छन् । सुन्नुभयो भने होशियार हुनुहोस् । पाकेटमारहरु तपाईकै वरपर हुन्छन् ।

लुटेराको भाषा नबुझेपनि लुटिनबाट जोगिन सकिन्छ । 

महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको पाकेटमार तथा लुटेराहरुको ‘कोड भाषा र अर्थ’ यस्तो छ । 
मकै  – पैसा भएको पर्स (वालेट)

टोक्नु – झिक्नु वा निकाल्नु

टिनुवा – पाकेटमार

खडी  – लुटपाट गर्नु

घोप्टे   – खुकुरी

चिसो   –  छुरी वा चक्कु

धु्रवदाई  – पैसावाला मानिस

कान      – मोबाइल

दस्ती तोड – पर्सबाट पैसा निकाल

दह       – रुपैयाँ झिक वा निकाल

थान     – एकहजारको नोट

गज     – सयको नोट

सेतो आधा – पाँचसयको नोट

टिप्ली मास्टर– पाकेटमारको मुख्य नाइके

ढेक      – पाकेटमार्दा छेकछाक गर्ने वा ठेलमठेल गर्ने 

मामा    –पुलिस

ठुले     – सादा पोशाकको प्रहरी

लाटा    – युनिफर्म लगाएको प्रहरी

मानबेचे  – प्रहरी भ्यान

डे       – केरकारको प्रहरी (सिआइडी)

टिप्स   – मुद्रा ( आफ्नो खल्तीको पैसा खसाली टिप्न भनी अरुको खल्तीबाट पैसा निकाल्ने)

निलचरी – आर्मी र सशस्त्र प्रहरी 

बिरालो   – सेतो भ्यान

****

पाकेटमारबाट सुरक्षित रहने उपायहरु :

–    बढी पैसा लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।

–    भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स (व्याग) पाकेट आदिको विशेष ख्याल राख्नुहोस् ।

 –   सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।

–     बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्नेे, समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।

****

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?