चीनमा चिहान लुटेराहरूबाट बहुमूल्य वस्तु बरामद

एजेन्सी : चीनले आफ्नो उत्तरपश्चिम प्रान्त किङहाइस्थित एक प्राचीन चिहानबाट चोरिएका ६५० सांस्कृतिक बहुमूल्य वस्तुहरू फिर्ता गर्न सकेको छ ।

उसले यसका लागि २६ संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो ।

चीनो औपचारिक समाचार संस्था सिन्हवाले जनाए अनुसार सन् ६१९ देखि ९०७सम्म चलेको ताङ शासक वंशका बेला पूर्व र पश्चिमबीचको सांस्कृतिक अन्तरक्रियालाई दर्शाउने बहुमूल्य ऐतिहासिक वस्तु फेला परेको विज्ञहरूको विश्वास रहेको छ ।

 डुलान चिहानबाट पक्राउ परेका संदिग्धहरूले ती समान चोरेको बुझिएको छ । डुलान प्रचीन रेशम मार्गमा पर्छ ।

सन् २०१७ देखि यसको अनुसन्धान भइरहेको थियो । 

पक्राउ परेका मध्ये दुई पहिले देखि चिनियाँ प्रहरीको सर्वाधिक खोजी सूचीमारहेका थिए ।

वरामद गरिएका ६४६ वस्तुहरू मध्ये १६ पहिलो स्तरको सांस्कृतिक वस्तुमा परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?