पोखरा । पोखराको न्यूरोडमा आगलागी हुँदा करिब २५ लाखको क्षति भएको छ ।
गएराति न्यूरोडको पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी भएको हो ।
आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति हुन गएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको भएपनि अझै मुख्य कारण भने खुल्लेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया