११ असार २०७९, शनिवार

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

२०७९,जेष्ठ,२१,शनिवार १२:५५

729
Shares

थाइल्याण्ड । थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो ।

सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाइ सञ्चार माध्यमहरूले जनाएका छन् । माछा भित्र पसेपछि उनी निसासिएका थिए ।

श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिदिएका थिए । उपचारपछि पहिल्यकै अवस्थामा पुगेका उनी अस्पतालबाट डिस्चार्जसमेत भएका छन् ।

‘मुखभित्र माछा पस्ने घटना निकै दुलर्भ हो । यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा. सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन् ।’

प्रकाशित मिति: २०७९,जेष्ठ,२१,शनिवार १२:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

काठमाडौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा धेरै कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ

अप्टिकल इल्युजनका तस्बिरहरू आजकाल सामाजिक सञ्जालमा धेरै देखिने गरेका छन् । यी तस्बिरहरु हेरेपछि तपाईँको दिमाग पक्कै पनि घुम्ने गरेको

न्युयोर्क । अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६